विराटनगर। वरिष्ठ पत्रकार तीर्थ कोइराला 'कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन् ।
शनिबार नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित विशेष समारोह बीच कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका सभामुख अम्वरबहादुर विष्टले कोइरालालाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाएर नगद सहित पुरस्कृत गरे। पीताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा स्वर्गिय पत्रकार कोशराज रेग्मीको स्मृतिमा स्थापित पुरस्कारको राशी २५ हजार रहेको छ ।
चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनु भएका कोइराला हाल न्यूज २४ दैनिक पत्रिकामा प्रधान सम्पादकको रुपमा कार्यरत छन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका सभामुख अम्वरबहादुर विष्टले पत्रकार मैत्री ऐन बनाउने कुरामा पहल गर्ने बताउँदै । पत्रकारहरुका लागि नै बनाइन लागेको ऐन पत्रकारहरुको सहमतिमै बनाउनु पर्ने भनाइ व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, भाषाविज्ञ कविराज न्यौपाने, अग्रज पत्रकार यज्ञ शर्मा, मोहन भण्डारी लगायतको आतिथ्यता रहेका थिए।




















