नजरको बाण चलाई गयौ तिमी टाढा
सम्झनाका डोबहरू बनेका छन् गाढा।
छुराले झैँ रेटने रहेछन् नयनका धार
मुटुभित्र तिर चलाई पार्यौ वार पार
दुखाइरह्यौ बाटोभरि बिछ्याएर काँडा
सम्झनाका डोबहरू बनेका छन् गाढा।
छातीभित्र सुनानी झैँ छाल चलाएर
भयौ तिमी पराई सबै विश्वास जलाएर
हिजो आज शून्य भाछ सैलुङको डाँडा
सम्झनाका डोबहरू बनेका छन् गाढा।
अर्कैसँग नाता जोडी गयौ पराइ बनी
उल्टै मलाई दोष दियौ निष्ठुरी होस् भनी
लत्याएर निश्चल प्रेम गयौ गति छाडा
सम्झनाका डोबहरू बनेका छन् गाढा।
✍ नवशिला।
नवदेव मार्ग, लालभित्ती, मोरङ।




















