विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चद्वारा आयोजना गरिएको नियमित मासिक रचना वाचन कार्यक्रमको ४३औं शृङ्खला सम्पन्न भएको छ ।
नारायण प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ खेम नेपाली प्रमुख अतिथि रहनु भएको थियो । साथै बलराम पोखरेल, कविराज न्यौपाने, कर्ण संजय र केशु बिरही विशेष आतिथ्य रहेका थिए ।
कार्यक्रममा मेघनाथ रिजाल, उमानाथ घिमिरे, सविना श्रेष्ठ, मञ्जु दाहाल, रिता पाठक, चिरञ्जीवी काफ्ले, प्रमोद ढकाल, नवराज पोखरेल, रामबाबु दाहाल, बाबुराम पोखरेल ,हरि कट्टेललगायतका सर्जकहरूले आफ्ना–आफ्ना रचना वाचन गरेका थिए ।
साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नानू दाहालले सञ्चालन गरेकी थिइन् ।




















