विराटनगर । बाबा बासुकिनाथ मन्दिरमा तीज विशेष कार्यक्रम उत्साहपूर्ण रुपमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलसी गोयल, उपाध्यक्ष मनोज अग्रवाल र कोषाध्यक्ष दिनेश अग्रवालले तीज पर्वका अवसरमा शुभकामना व्यक्त गरेका  थिए ।

सो अवसरमा ठूलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिक निर्मला खत्री आमालाई सम्मान गरिएको थियो भने गीत–नाटक, संगिनी तथा नृत्य प्रस्तुति समेत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन साहित्यकार लक्ष्मी पोखरेलको रहेको  थियो ।