विराटनगर । आज नेपाली नारीहरूले भाद्र शुक्ल पञ्चमीका अवसरमा सप्तऋषि र अरुन्धतीको पूजाआराधना गरी ऋषि पञ्चमी पर्व श्रद्धा–भक्तिसाथ मनाइरहेका छन् ।

धार्मिक परम्परा अनुसार रजस्वला भएका महिलाहरुले बिहानै उठेर नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३६५ वटा दतिवनको दाँतले दन्तधावन गर्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने गर्छन् । यस दिन पञ्चगव्य सेवन गरी दोष निवारण हुने शास्त्रीय विश्वास रहेको छ ।




20250828_10453320250828_10492520250828_104850


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार रजस्वला भएको समयमा हुने त्रुटिबाट मुक्ति पाउनका लागि आजको दिन सप्तऋषि र अरुन्धतीको पूजा गर्ने परम्परा छ ।

यस अवसरमा अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रसहित अरुन्धतीको विधिपूर्वक पूजा गरी ‘ऋषि पञ्चमीको पूजा’ लगाउने गरिन्छ ।