विराटनगर ।अरनिको माध्यमिक विद्यालयको ४९औं वार्षिकोत्सव अर्थात अभिभावक दिवस मनाएको छ । पुस ३ गते बिहीबार र पुस ४ गते शुक्रबार २ दिने कार्यक्रम आयोजना गरेर अरनिको माध्यमिक विद्यालयले ४९औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको थियो।
वार्षिकोत्सवको पहिलो दिन विराटनगर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अर्जुन गिरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको दोस्रो दिन नेपाल प्रज्ञाप्रतिष्ठान पूर्व सदस्य एवं विराटनगर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यका विवश पोखरेल प्रमुख अतिथि रहेका थिए ।
अतिथि पोखरेलले शुभकामना व्यक्त गर्दै आफुले कविता सुनाएको र नाटकको निणायकको भुमिकामा काम गरेको स्मरण गराएका थिए।
प्राचार्य राजेश कार्कीले अध्ययनमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा अरनिको माध्यमिक विद्यालयका विद्यार्थी अब्बल रहेको बताए। विद्यार्थीले अतिरिक्त क्रियाकलाप मार्फत गरिरहेको गतिविधिलाई ४९औं वार्षिकोत्सव मार्फत बाहिर ल्याएको प्राचार्य कार्कीले बताएका छन् ।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्व र नाटक कविता वाचन सँगै वादविवाद प्रतियोगिता र हाजिर जवाफ प्रतियोगिता मार्फत आफु भित्र रहेको प्रतिभालाई बाहिर ल्याउने प्रयास गरेका थिए । अरनिको माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १० सम्म १ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
विद्यालयमा अध्ययनरत १ हजार भन्दा बढी विद्यार्थीका अभिभावकको उपस्थितिमा आयोजित २ दिने कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूको उत्साह पूर्वक सहभागिता रहेको थियो। विद्यालयका सञ्चालक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा २ दिने वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो।
























