विराटनगर । कानेखुसी नाट्य समूहको तेस्रो प्रस्तुति ‘तर्सिङहोम’ आगामी २५ मई २०२६ का दिन मञ्चन हुने भएको छ। कानेखुसीलाई यस वर्षको दोस्रो नाटक मञ्चन गर्न सरकारी तहबाट अनुमोदन प्राप्त भएको हो।
आज बसेको सभाले ‘तर्सिङहोम’ नाटक मञ्चनका लागि स्वीकृति दिएको हो। स्वीकृतिअनुसार उक्त नाटक २५ मई २०२६ का दिन साँझ ५:०० बजे दीनबन्धु मञ्चमा प्रस्तुत गरिनेछ। मञ्चनका लागि अनुमोदन प्रदान गरेकोमा दीनबन्धु मञ्चका अधिकारीवर्गप्रति कानेखुसीले कृतज्ञता व्यक्त गरेको छ।
नाटक मञ्चनकै अवसरमा सत्तरी दशकमा सिलगढ़ेली नेपाली नाटकको उत्थान र विकासमा महत्वपूर्ण योगदान पु¥याउने नाट्यकर्मीहरू तथा दिवङ्गत नाट्यकर्मीका परिवारलाई ‘कानेखुसी सम्मानवरण’ गर्ने निर्णयसमेत गरिएको छ।
हाल मञ्चनका लागि आवश्यक पुलिस पर्मिशन तथा जीएसटी छुटसम्बन्धी निवेदन दिन बाँकी रहेको जनाउँदै, ती प्रक्रिया पनि सहज रूपमा पूरा हुने आशा व्यक्त गरिएको छ।



















