मोरङ। रङ्गेली । Citizens Bank International Limited रङ्गेली शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मोरङको रङ्गेली नगरपालिका–वडा नं ८ दर्वैश स्थित महालक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई  स्कुल ब्याग वितरण गरेको छ।


विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले अति विपन्न परिवारका बालबालिकालाई स्कुल ब्याग हस्तान्तरण गरेको छ ।

 कार्यक्रममा रङ्गेली शाखा प्रबन्धक तीर्थराज नेपाल, कर्जा विभागका कर्मचारी अङ्कित दाहाल,  सरोज पौडेल, विनोद खरेलको उपस्थिति रहेको थियो।

IMG-20260313-WA0002

त्यसैगरी विद्यालयका प्रधानाध्यापक ज्योति राजवंशी र शिक्षाक चिरञ्जीवी काफ्ले लगायत शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थितिमा स्कुल ब्याग वितरण गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक ज्योति राजवंशिको रहेको  थियो।  प्रमुख अतिथिमा सिटिजन्स बैंक रङ्गेली शाखा प्रबन्धक तीर्थराज नेपालको रहेको थियो । 

कार्यक्रममा सहायक प्रधानाध्यापक तेजलाल दसको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम सञ्चालन चिरञ्जीवी काफ्लेले गरे।

IMG-20260313-WA0003 1