कहाँ मन बुझाउ हजुर
दिउँसै रात परे पछि
याे दुःखिया शिरमाथि
बज्रपात झरे पछि
अघिसम्म सपनाको
याे सुन्दर सहर
एकैछिनमा लेदोमाटो
दलदले भयो ढुंगेबगर
व्यबसाय,घरबार,
सुन्दर परिवार
सपना हाे कि विपना हाे कि
दिउँसै अन्धकार
कहाँ मन राखाै हजुर
कता खाेजाै बाच्ने रहर
कता चित्त बुझाउ हजुर
जिन्दगी नै बने पछि जहर
तनमा लाग्य घाउचाेट
ढिलोचाडाे निकाे हाेला
यो टुक्रिएकाे मुटु जाेड्ने
मलम कहाँ पाउने हाेला
-गाेपाल निर्भीक




















