सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार बिहान करिब ३ बजे १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजासहित भोक्राहा नरसिंह गाउँपालिका–५ बस्ने ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका यादव र बरामद गाँजाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।