सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डबाट प्रहरीले ५६४ किलो गाँजासहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ।

मिति २०८३ असोज १४ गते राति करिब ११ः४० बजे इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडुवा र बीओपी अमडुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा १२ च १७३२ नम्बरको सुमो चेकजाँच गर्न खोज्दा चालकले गाडी छाडेर फरार भएका थिए।

प्रहरीले सुमो गाडी चेकजाँच गर्दा गाँजाजस्तो देखिने पदार्थ ५६४ किलो (पाँच सय चौसठ्ठी किलो) फेला पारेको जनाएको छ। उक्त गाँजासहित सुमोलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फरार चालकको पहिचान तथा खोजतलाससमेत भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।