विराटनगर ।विराटनगर महानगरपालिकाले नगरलाई सफा सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले बृहत् सरसफाइ अभियान सुरु गरेको छ ।

सफा विराटनगर, आफ्नो विराटनगर’ अभियानलाई प्रभावकारी बनाउन महानगरले हरेक साता निरन्तर सरसफाइ गर्ने रणनीति अघि सारेको हो । अभियानको पहिलो चरणअन्तर्गत शनिबार बिहान विराटनगरको बगरगाछीस्थित विराटनगर–धरान सडकखण्डबाट सरसफाइ सुरु गरिएको थियो  ।

महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा सुरु भएको अभियानमा नेपाल प्रहरी, स्थानीय संघसंस्थाका प्रतिनिधि, महानगरका सफाइकर्मी तथा फोहोर व्यवस्थापनमा संलग्न निजी संस्थाका कर्मचारीसहितको सहभागीता रहेको  थिए ।

उपमेयर कार्कीले अभियानलाई एक दिनको औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नगरी हरेक साता निरन्तरता दिने बताइन् । विराटनगरलाई सफा बनाउने जिम्मेवारी महानगरको मात्र नभएकाले नगरवासीको सक्रिय सहभागिता आवश्यक रहेको उनले  बताइन् ।