लागूऔषधसहित ९ जना पक्राउ
- असोज २०, २०८३
- २३३ पटक पढिएको
विराटनगर।झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ।
असोज १९ गते झापामा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी शरणामतीबाट खटिएको टोलीले कनकाई नगरपालिका–९ का ३८ वर्षीय सन्तोष चौधरी, ३० वर्षीय विकास चौधरी र झापा गाउँपालिका–५ का २७ वर्षीय संजय दनुवारलाई ४ ग्राम ६७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यस्तै, भारतको किशनगञ्ज थानाका २८ वर्षीय फिरोद आलमलाई २५ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मोरङमा इलाका प्रहरी कार्यालय रानीले इटहरी उपमहानगरपालिका–२ का ३३ वर्षीय योगेन मगरलाई १ ग्राम १८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। सोही क्रममा जहदा गाउँपालिका–१ कुडरियास्थितबाट बेवारिसे अवस्थामा ८४ किलो ८५० ग्राम गाँजा समेत बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीले मिक्लाजुङ गाउँपालिका–७ का ३१ वर्षीय धिरेन मगरलाई ८१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
यसैगरी, प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय अनिष श्रेष्ठलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी तिनकुनेले धरान उपमहानगरपालिका–३ का २८ वर्षीय अनिष शाक्य र १६ वर्षीय रवि सहनीलाई ४६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















