विराटनगर ।कोशी प्रदेशका अधिकांश भूभागमा बिहीबार मौसम बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशीका विभिन्न ठाउँ हिमाली पहाडी भूभागका केही स्थानमा मेघगर्जन साथ वर्षा हुन सक्ने जनाएको छ।

विभागका अनुसार दिउँसो कोशीसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागमा समेत सामान्य बदली रहने छ, भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।