विराटनगर । जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगर–१२, मोरङको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभामा संस्थाका अध्यक्ष सितादेवी  अधिकारी (लामिछाने) को अध्यक्षता तथा कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरि सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

साधारणसभामा संस्थाका सचिव गोपालप्रसाद  धिताल संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को कार्ययोजना प्रस्तुत गरेका थिए। त्यसैगरी, कोषाध्यक्ष चित्रप्रसाद दाहालले आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गरेका थिए। लेखा सुपरीवेक्षण समितिका संयोजक श्यामप्रसाद राजवंशीले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा ज्येष्ठ नागरिक सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो,भने एस एल,सी कक्षा १२मा उत्कृष्ट अंक ल्याउने छात्रा श्र स्मारिका रजक र श्री अपर्णा वस्ती लाई सम्मान गरिएको थियो। महिला सदस्यतर्फ सदस्यता नम्बर २४९ की दयारानी देवी राय (६९ वर्ष) र पुरुष सदस्यतर्फ सदस्यता नम्बर १७१ का गोविन्दप्रसाद बडाल (७१ वर्ष) एवम उकृष्ट वचतकर्ता गुरुप्रसाद लामिछाने ,उत्कृष्ट सेयरपूजीमा दीर्गमाया अधिकारी र असल ऋणीमा सपना भण्डारी आदि सदस्यहरुलाई,समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

साधारणसभामा संस्थाको प्रगति, आर्थिक अवस्था, आगामी कार्ययोजना तथा सदस्यहरूको योगदानका विषयमा छलफल गरिएको थियो।

20261010_121035