विराटनगर।७१औँ प्रहरी दिवस २०८३ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा वृक्षरोपण कार्यक्रम गिरि ७१ दिवस  मनाएका छन् ।

असोज २६ गते बिहान कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको हो।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया तथा कोशी प्रदेश प्रहरी गणका गणपति प्रहरी उपरीक्षक मानबहादुर राईसहित सिनियर तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रहरी दिवसको अवसरमा आयोजित वृक्षरोपण कार्यक्रमले कार्यालय परिसरको हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा हरियाली र स्वच्छबाताबरण बनाई  फलफूलका बिरुवाको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।