विराटनगर । विराटनगरमा घोषणापत्र जारी गर्दै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ सम्पन्न भएको छ। सम्मेलनले संघीयता कार्यान्वयन, प्रदेशका अधिकार तथा अन्तरप्रदेश समन्वयलगायतका विषय समेटेर विभिन्न बुँदामा घोषणापत्र जारी गरेको हो।

सम्मेलनमा सहभागी हुन विराटनगर आएका छ प्रदेशका मुख्यमन्त्रीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका स्थानीय उत्पादन तथा पहिचान झल्काउने उपहार प्रदान गरेका छन्।

मुख्यमन्त्री कार्कीले मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीलाई ढाकाको कोट, ढाका टोपी, भोजपुरको खुकुरी, इलामको चिया र अल्लोको झोला उपहार दिएका हुन्।

सम्मेलनका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सहभागी मुख्यमन्त्रीहरूको सम्मानमा विराटनगरमा रात्रिभोजकोसमेत आयोजना गरेको थियो। महासंघले मुख्यमन्त्रीहरू तथा अन्य अतिथिलाई स्वागत गरेको हो।

सम्मेलनले प्रदेशहरूबीच आपसी समन्वय, सहकार्य र संघीयता कार्यान्वयनका विषयमा साझा धारणा एकबद्दता भएर लाग्न  सहयोग पुग्ने अपेक्षा गरिएको छ।


20261014_20224720261014_202252