एकहत्तरौँ ,प्रहरी दिवसको अमरमा प्रहरी परिवारसँग भेटघाट तथा अन्तरक्रिया
- असोज ३०, २०८३
- ११३ पटक पढिएको
विराटनगर।७१औँ प्रहरी दिवस २०८३ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा अमर प्रहरी परिवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अमर प्रहरी परिवारका सदस्यहरूले आफ्ना सुझाव, समस्या तथा गुनासाहरू राखेका थिए।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक खनालले संगठनको गरिमा, प्रतिष्ठा र श्रीवृद्धिका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर प्रहरीहरूको योगदानको उच्च कदर गर्दै सम्मान व्यक्त गरे।
उनले अमर प्रहरी परिवारका सदस्यहरूले उठाएका समस्या, गुनासा तथा जिज्ञासाका विषयमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।




















