एकान्तमा बस्दा, कसैसित गफ गर्दा वा कुनै समारोहको मञ्चमा अतिथिका आसनमा गजधम्म भई बस्नेहरूले आफ्नै धुनमा नाक कोट्यारहेका देखिन्छ कहिलेकाहीँ । कसैलाई के को धन्दा, के को धन्दास घर ज्वाइँलाई खानुकै धन्दा भनेजस्तो यी नाक कोट्याउनेहरू आफ्नो धुनमा र जोशमा औंलो नाकमा घुसार्नु नै व्यस्त र मस्त देखिन्छन् । यी नाक कोट्याइरहेको एकाग्रता देख्दा आफ्नो औँली मात्रै किन मज्जा लाग्दै गएपछि पूरै मुठी नै, दाउ पऱ्यो भने खुट्टासमेत नाकका दुलामा घुसार्न बेर लाउँदैनन् । मस्त भएर संसारै बिस्री आफ्नो थ्याप्चे नाक कोट्याएको कोट्यायै गर्दा ती नाक कोट्याउऩे व्यक्तिले मेरो हात पनि तिनका नाकमा घुसारेर बेस्सरी हल्लाइदिने गर्न पनि बेर लाउँदैनन् जस्तो लाग्छ मलाई । नाक कोट्याउनु मा तिनको व्यस्तता र मस्तता देखेर म पो अलश(तलश पर्छु ।
कसैलाई वास्तै नगरी यी नाक कोट्याउनेहरूसित मेरो सहानुभूति भए पनि दाँत कोट्याउनेहरूसित भने ठ्याम्मै कम्प्रोमाइज छैन । खानपिन गरिसकेपछि सिन्के धूपको सिन्को, सलाइको सिन्को, कुचो वा खरेटोका सिन्काले दाँत कोट्याउनेहरूल दाँतबाट सिन्का निकालेर आफ्नै जीउको लगाले पुछेको दृश्य सुठीसाह्रै घिनलाग्दो देखिन्छ । अझ कतिले ता दाँत कोट्याइसकेपछि एकपल्ट सुँघेर सिन्का मिल्काएको दृश्य झन् सिकसिकलाग्दो हुन्छ ।
दाँत कोट्याउने काम एकान्तमा गर्नुपर्छ । तर दाँतको चेप(चेपमा, गल्ली(गल्लीमा भातका सिता, मासुका टुक्रा अड़्केर उखरमाउलो पाराले चिलाउन थालेपछि दाँत कोट्याउनु बानी लागेकाहरूलाई कसले सक्ने रु दाँत तिनकै, मुख तिनकै । दाँतमा सिन्का घुसारेर दाँत कोट्याउनेहरू बाहेक पनि कतिले ता खानपिन गरिसके पछि मुख आँ।।।गरेर दाँतका चेपमा अड़्केका कुराहरू औँलोले झिक्ने गर्छन् । फोल्डिङ दाँत ९फल्स टिथ० हुनेहरूका दाँत कोट्याइको वर्णन नगर्नु नै वेश ठानेँ ।
बानीकै कुरा गर्नु हो भने ता, खानपिन सकेपछि अरुहरूका बारेमा विचारै नगरी कति ता जुठेल्नुमा गई ख्याक्।।।ख्याक र ख्वाक्।।।ख्वाक् गर्छन् । यसैकारण पहिल भान्सा र मुख चुठ्ने ठाउँको दूरत्व टाढ़ा हुने गर्दथ्यो । तर अचेल ता सबै हाराहारीमा हुन्छ । कति ता खानपिनपछि अरुको परवाह नै नगरी ढ्याउ।।।ढ्याउ गर्नेलाई लुतो कनाइ केही नभए पनि तिनको ढ्याउ।।।।सुन्नेहरूका भुँड़ी नै गुँड़ुलिएर आएको मर्म ढ्याउ।।।।गर्नले के बुझ्ने १ त्यतिमात्र होइन, कति ता बोल्दा थूक उछिट्टियाएर बोल्छन् भने कतिको चाहिँ बातैपिच्छे थुक्ने बानी हुन्छ । बानी आ(आफ्नै पाराको हुन्छ । कसैको बानीमाथि हस्तक्षेप गर्ने अधिकार हामी कसैसित छैन । बानीको ड्रग्सले मातिएकाहरूलाई केही भनिहाल्नु पनि मिल्दैन । केही भनिहाल्दा पनि ूमाई बडी माई विसू भनी लाजमर्दो पारिदिए रु प्रश्न त्यहाँ पनि छ ।
यसकारण यी नाक कोट्याउनेहरू वा दाँत कोट्याउनेहरूप्रति मेरो कुनै गुनासो छैन । त्यो तिनीहरूको व्यक्तिगत मामिला हो । तर आफ्नै धुनमा कसैको परवाह नै नगरी नाक वा दाँत कोट्याउनेहरूभन्दा पनि कुरा कोट्याउनेहरू देख्दा भने म बिलखवन्द पर्छु । हाम्रो समाजमा यस्ता कुरा कोट्याउनहरूको सङ्ख्या गन्न नसकिने छन् । खासमा कुरा कोट्याउनु पनि एउटा नराम्रो बानी नै हो । टाढ़ा किन जानु ९रु० हाम्रा नेताहरू कुरा कोट्याउनु खप्पीस देखिन्छ । कुनै जनसभामा भाषण दिँदा विशाल जनसमुदायमाझ आफ्नो पार्टीको मूल उद्देश्य वा लक्ष्यहरू वा रणनीतिबारे केही नबोलेर विपक्षीहरूको कुरा कोटयाएरै भाषण समाप्त गरेको देखिन्छ ।
सुन्नेलाई पनि त्यस्तै नकारात्मक कुरा, अर्काको बदख्वाइँ सुन्न नै मनपर्छ । तर नेताहरूलाई मात्र दोष्याउनु अन्याय हुन्छ । तपाई म बसेको समाजमा, गाउँ(घरमा , अफिस( अड्डा अदालत चारैतिर कुरा कोट्याउनेहरू छप्छप्ती देखिन्छन् । कुरा कोट्याएर आगोमा घिउ हाल्नुमा यस्ता कुरा कोट्याउनेहरू खप्पीस र जण्डा देखिन्छन् । अर्काको चियोचर्चो गर्नु यिनीहरूलाई बानी लागेको हुन्छ । कस्को स्वास्नी कोसित लहसिइन्, वा सल्किइन्, कुन लोग्ने(स्वास्नी कटाक्ष परे आदि सम्पूर्ण खबर मनो फ्लपिमा सँगालेर राख्छन् र मौका पाउने बित्तिकै कुरा कोट्याएर उनीहरूको खोइरो खन्छन् । यो नै तिनीहरूको जीवन हो, संसार हो । यस्ता कुरा कोट्याउनेहरूलाई ुह्यूम्यान ऱ्याडरु भनिन्छ भने कतिले यिनीहरूलाई ुकान्तिपुर दैनिकु वा ुन्यूज पेपरु भनेको पनि सुनिन्छ । एकदिन कसैको कुरा कोट्याउन पाएन भने यिनीहरू बिसञ्चो हुन्छन् । यसकारण, कुराको हे़डलाइन मात्र सुनाएर दैनिक खुराक टार्ने गर्छन् ।
सबैले जानेकै कुरा होस बुझिराकै कुरो हो, हाम्रो राजनीतिको घड़ेरी भकिम्लोको काठजस्तै भइसकेको छ । अहिलेसम्म हाम्रो राजनीति तङ्ग्रिनु सक्या छैन । उखेलेको मूलाजस्तै अफालिएको छ । ओइलिएको बन्दकोपीजस्तो ओइलिन(ओइलिन थाल्छ कहिलेकाहीँ । ओइलिनु(ओइलिनु लाग्दा निखार(पखार जोशले पानी छ्याप्दा फेरि यो हरियै हुन्छ । कहिले भुलुक्कै उम्लिन्छस कहिले वा हिउँजस्तै सेलाउँछ । कहिले जुर्मुराएर संसारै थर्काउँछ फेरि कहिले स्याप्पै सुकेर नामोनिशान हराउँछ । मरञ्च्याँसे, फुकिढल हाम्रो राजनीतिलाई न ता कसैको आँखा लागेको छ, न ता देवी(देवताकै श्राप परेको छ । हाम्रो राजनीतिको दशा(ग्रह ब्रिगेको पनि होइन । तर आपसी मतभेद, हानाहान(तानातान, लछार(पछारका नङ्ग्राले कोट्याएर(कोट्याएर हाम्रो राजनीतिलाई थाङ्ना बनाएको देखिँदोछ । यसो भएको मुख्य कारण यी कुरा कोट्याउनेहरूको नै सिँहभाग भूमिका रहेकोल हो । घरको शत्रु विभीषण ।
जबसम्म यी कुरा कोट्याएर भाँड़भैलो लाउनेहरूलाई निमिट्यान्नै पार्न सकिँदैन तबसम्म हामी कुकुरकै पुच्छर भएर बसिरहनु बाहेक अरु कुनै उपाय छैन । कारण, कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुङ्ग्रोमा हाली राख्यो भने पनि त्यो बाङ्गोको बाङ्ग्यै हुन्छ । हेनतेन नभनी लाजै पचाएर भन्न हो भने, हाम्रो राजनीति बाँदरकै पुच्छर समान भएको छ । बाँदरको पुच्छर लौरो न हतियार ।
जति नै जे भए पनि कुरा कोट्याउनेहरूका बानीमा सुधार ल्याउनु सकिँदैन । भनिएकै छ नि, नेचर र सिग्नेचर कहिल्यै परिवर्तन गर्नु सकिँदैन । दाँत कोट्याउने र कान कोट्याउनेहरूभन्दा पनि यी कुरा कोट्याउनेहरूसित घिनाउनुपर्छ, यिनीहरूलाई छिःछि र दूर-दूर गर्नुपर्छ । जोगिनुपर्छ । नत्र कुरा कोटयाउनेहरूले मुलूक मार्छन् ।
सिलिगुड़ी (भारत)




















