विराटनगर । मोरङको जहदा गाउँपालिका–७ महादेवकोल क्षेत्रबाट सशस्त्र प्रहरीले ९२२.२ किलोग्राम गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त टोलीले को १ ख ७०२२ नम्बरको पिकअप गाडीमा धानको भुसले छोपेर राखिएको २९ पोका गाँजा फेला पारेको हो।
सुरक्षाकर्मीले पछ्याउन थालेपछि पिकअप र भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक फरार भएका थिए। बरामद गाँजा, गाडी र मोटरसाइकल थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरिएको छ। फरार व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।



















