काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर प्रदेश अधिवेशन सुरु गरेको छ। संगठन सुदृढीकरण र नेतृत्व चयनको उद्देश्यसहित सञ्चालन हुने अधिवेशन असार १ गतेसम्म सम्पन्न हुने पार्टीले जनाएको छ।
वाग्मती प्रदेश अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने ले काठमाडौंमा गर्ने कार्यक्रम छ। यसअघि जिल्ला अधिवेशन सम्पन्न गरिसकेको रास्वपाले प्रदेश अधिवेशनपछि असार ७ देखि ९ गतेसम्म चितवन मा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ।
महाधिवेशनमार्फत पार्टीको भावी कार्यदिशा, संगठनात्मक संरचना र नेतृत्वसम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।



















