मनपरि भाडा असुलेको आरोप, रात्रिकालीन बस सेवाप्रति यात्रुको गुनासो
- जेठ २८, २०८३
- ६५३ पटक पढिएको
विराटनगर । विराटनगर–काठमाडौं रुटमा सञ्चालन हुँदै आएको रात्रिकालीन ‘समय डिलक्स’ बस सेवाले यात्रुसँग मनपरी रूपमा भाडा असुली गर्ने गरेको गुनासो बढेको छ।
यात्रुहरूका अनुसार उक्त बसको तोकिएको भाडा २ हजार ४ सय रुपैयाँ भए पनि काउन्टरबाट टिकट बिक्री गर्दा कसैसँग १ हजार ८ सय रुपैयाँ र कसैसँग २ हजार र कसैसँग २ हजार ४ सय रुपैयाँसम्म लिने गरिएको छ। एउटै सेवामा फरक–फरक यात्रुसँग फरक भाडा असुल गरिनु उचित नभएको यात्रुहरूको भनाइ छ।
यात्रुहरूले बस सेवाको सुविधा र सेवाप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार यात्राका क्रममा गुणस्तरीय सेवा नदिने, खाना खाने नाममा महँगो तथा स्तरहीन होटलमा बस रोक्ने तथा यात्रुको सुविधाभन्दा व्यावसायिक लाभलाई प्राथमिकता दिने गरिएको पाइएको छ।
यात्रुहरूले सम्बन्धित निकायलाई बस सेवाको भाडादर, सेवा गुणस्तर तथा टिकट बिक्री प्रक्रियाको अनुगमन गरी आवश्यक कारबाही गर्न आग्रह गरेका छन्।




















