विराटनगर। शनिबारदेखि आरोहण गुरुकुलले विप्लव ढकालको कथामा आधारित " नीलाम्बरको आकाशयुद्ध"  नाटक मञ्चन सुरु भएको छ।

महोत्सवमा पहिलो दिन आयोजकले ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको थियो । त्यसअघि विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव रामप्रसाद ढुङ्गेल र महोत्सव निर्देशक भैरव क्षेत्रीले संयुक्त रुपमा महोत्सव उद्घाटन गरेका थिए ।

आइतबारदेखि विद्यालयहरुहरुको नाटक मञ्चन शुरु हुनेछ । भदौ ३१ गतेसम्म हुने बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गर्नेभएकोछ। शनिबारको नाटकमा मानवीय अस्तित्वको खोजी मूल कथा थियो । नाटकले दर्शकलाई आफ्नो अस्तित्वबारे चिन्तन गर्न प्रेरित गर्दै आत्मनिरीक्षण गर्न उत्साह भरेको थियो ।

नाटकमा उद्धव सापकोटा, भरत कार्की, विकास पराजुली, प्रदिप दाहाल, दिक्षा चौधरी, अमिसा वाग्ले, निशान चौहान राई लगायतका कलाकारहरुले अभिनय गरेका छन ।  यस नाटक उत्सवमा ९ वटा विद्यालयले भाग लिएका छन् । भदौ २३ गतेदेखि ३१ गतेसम्म प्रतिदिन दिउँसो २ बजे नाटक मञ्चन भएकोछ। 

  बुद्धिमानी आमा, छिमेकी, भविष्य निर्माण, रङ, एकपटक बोलेको एक रुपियाँ, जिम्मेवारी को ?, स्मार्ट बन्द, ज्ञ  र साबित्रीको बाख्रो गरि जम्मा ९ वटा नाटक प्रस्तुत हुनेछन् ।