विराटनगर 

हास्यव्यङ्ग्य साहित्यका प्रखर व्यक्तित्व कृष्ण प्रधानको जीवनीग्रन्थ प्रकासित हुने भएको छ । सिक्किम भेकका प्रतिष्ठित साहित्यकार, कवि , गीतकार, मुक्तककार, साहित्यिक पत्रकार पेम नर्बु शेर्पा ज्योतिले उहाँको जीवनीग्रन्थ तयार पारिहरहेको छ । 

ुहास्यव्यङ्ग्य सम्राट कृष्ण प्रधान नाउँमा प्रकाशित हुने यो जीवनीग्रन्थ माथिल्लो दिल दामथाङ जिल्ला नाम्ची दक्षिण सिक्किमस्थित आमा साहित्य प्रकाशनकी दादिकी शेर्पाले  प्रकासित गर्नु हुने भएको हो । 

जीवनीकार पेम नर्बु शेर्पाले दिएको जानकारी अनुसार प्रकाशोन्मुख यस ग्रन्थमा प्रधानले अझैसम्म जति पनि किताबमा भूमिकालेख्नुभएको छ ती सबै भूमिकाहरू  प्रकाशित गरिने छ । प्रधानले ४१ वटै कृतिमाथि गरिएको विशद समालोचनात्मक लेख 

पनि प्रकाशित गरिने छ। यसबाहेक प्रधानले लेखेका केही कविताहरू पनि समावेश गरिने शेर्पाले जानकारी दिनुभयो । जीवनी ग्रन्थको आवरण थामबुङ पश्चिम सिक्किमका देवेन्द्र सुब्बाले तयार गर्नु भएको छ ।