विराटनगर, ३१ भदाै।

सुन्दर हरैचा नगरपालिकाको आर्थिक सहयोगमा आयाेजित चारदिने आधारभूत पत्रकारिता तालिम आधारभूत पत्रकारिता तालिम सम्पन्न

 प्रमुख केदारप्रसाद गुरागाईँले प्रमाण पत्र वितरण गरी आज  समापन गर्नु भएको छ।

तालिमको आयोजक पाथिभारा स्किल एण्ड कम्युनिकेसन प्राइभेट  लिमिटेडका प्रमुख बद्री अर्यालले सहभागीहरूको  क्षमता अभिवृद्धि होस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएकाे हो भन्नुभयाे। तालिम सिद्धेश्वर मन्दिरको सभा हलमा भएको थियो । नगर सदस्य र वडा अध्यक्षको समेत सहभागिता रहेको उक्त तालिम १९जना सहभागीले प्राप्त गरेका थिए। 

तालिमबाट धेरै महत्वपूर्ण कुरा सिकिएको जसहभागी निर्मला ढकालले बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष वरिष्ठ पत्रकार यज्ञ शर्मा, पत्रकार महासंघ काेशी प्रदेश कमिटीको सचिव देवेन्द्र कार्की लगायतले  तालिमको सहजीकरण गर्नुभएको थियो।