निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका सार्वजनिक गरेको हो । आयोगले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तय भएको थियो।
मंसिर २ मा बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको आयोगका सहसचिव एवम प्रवक्ता नारायण सापकोटाले जानकारी दिए । उनका अनुसार त्यसै दिन साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।
दर्ता भएको उम्मेदवारीमाथि विरोधको उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म, त्यसै दिन दिउँसो ३ बजेदेखि ४ गते साँझ ५ बजेसम्म मनोनयमपत्र र उजुरीमाथि जाँचबुझ एवम निर्णय भएको साँझ ५ देखि ६ बजेसम्म निर्वाचन अधिकतृको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन हुनेभएको छ ।
मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने भएको छ भने त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो।दिउसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेभएको छ ।




















