(रमेन्द्र कोइराला )


इनरुवा।सुनसरीमा लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्तीको अवसर पारेर सप्तरङ्गी साहित्य समाजको आयोजनामा कोशी प्रदेशले लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती मनाएको छ।

सप्तरङ्गी साहित्य समाज द्वारा कोशीबाट सडकमा  कविता वाचन कार्यक्रम  आज ०८१/७/१५/गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती मनाएको हो। सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशले कविताको मार्फतबाट आम जनतालाई समसामयिक अवस्था बारे सुसूचित गराउन तथा  देवकोटालाई चिनाउने उद्देश्यले पुरानु उदय चिया नास्ता पसल, टेम्पोचोक,इनरुवा ,सुनसरीको अगाडि सडकमा कविताको कार्यक्रमको शुरूवात गरेको थियो  ।उक्त कार्यक्रममा देवकोटाको जीवनका विभिन्न कोणबाट चर्चा र स्वतन्त्र रचना वाचन कार्य भएको थियो ।

     उक्त कार्यक्रममा निम्न अनुसारको उपस्थिति थियो :

रमेन्द्र कोइराला -अध्यक्ष 

राधा सुवेदी- उपाध्यक्ष ,स्वागत मन्तव्य 

लिला सिलवाल- सचिव ,उद्घोषक 

द्वारिकाप्रसाद पोख्रेल -सदस्य

माधवप्रसाद आचार्य- प्रमुख अतिथि 

छविनाथ रिजाल -विशिष्ट अतिथि 

डम्बरुवल्लभ भण्डारी -सल्लाहकार ,देवकोटा चर्चा

 अन्य फणीन्द्रप्रसाद दाहाल ,विष्णु थापा मगर,विष्णु दाहाल ,रंगलाल भट्टराई ,झोटन मेहता,सक्षम यादव ,पुन्डरी पोख्रेल आदिले कविता सुनाएका थिए।रमेन्द्र कोइरालाले उक्त  क्रार्यक्रम समापन गरेका थिए भने संचालन लिला सिलवालको रहेको थियो।