बेलबारी मोरङ सिमसारमा नेपाली भाषासाहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं  जन्मजयन्ती विभिन्न रचनावाचन गरी मनाइएको छ।

बेलबारी साहित्य विकास समितिले पर्यटकीय क्षेत्र बेतनाको सभाहलमा कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेले देवकोटाबारे मन्तव्य राखेका थिए ।

‘महाकवि देवकोटा आर्थिक रूपमा गरिब नभएको किनकि देवकोटा स्वयम्ले काठमाडौँमा त्यो बेला चार रोपनी जमिन घडेरीका रूपमा खरिद गरेको, गोठमा गाईभैंसी पालेका, गोठालो राखेको अनि भान्से बज्यै पनि राखेको मानिस, २००७ सात सालअघि अङ्ग्रेजी विषयको ट्युसन र नेपाली भाषा प्रकाशिनी समितिबाट मासिक एक हजार कमाउँथे, त्यो बेलामा बेलायतबाटै झिकाएर रेले नामको साइकिल चढ्थे, जसको मूल्य पाँच/छ सय नेपाली रुपियाँ थियो’ उहाँले रोचक तरिकाले भनेका थिए।‘त्यस्ता मानिस कसरी गरिब हुन्थे ? देवकोटाकी श्रीमती, धार्मिक र दानि पनि थिइन।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका विशिष्ट अतिथि अमृतप्रसाद आचार्य र अतिथि छवि वैरागीले मन्तव्य राखेका थिए ।

विराटनगरकी सविना श्रेष्ठ, इटहरीका विनोद विवश घिमिरे, पथरीशनिश्चरेका रोहित पराई, बेलबारीका ईरानराई, जेबी थुलुङ, धनजित पराजुली, हस्त थापा, रमेश खतिवडा, मुना मिश्र, लक्ष्मी रेग्मी सुवेदी, रिपुमर्दन खड्का, प्रकाश भट्टराई, लीला सुवेदी पोखरेल, शिव छाङछा, दुर्गा चम्लागाईँ र तारा चम्लागाईँले कविता, गीत, गजल, मुक्तक वाचन गरेका थिए ।

राजनीतिक/सामाजिक व्यक्तिहरू घनश्याम गौतम र परशुराम सुवेदी अतिथि थिए भने समितिका अध्यक्ष रमेश निरौलाले अध्यक्षता, कोषाध्यक्ष शिव पराजुली सहयात्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।