अर्घाखाँची।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका स्थित जयठाटीमा  बस दुर्घटनामा मृतकको सङ्ख्या दुई  र घाइतेको सङ्ख्या १८ पुगेको छ।

वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर सडकमा देउसी खेल्नेहरू नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ भएर उनीहरूलाई जथाभावी ठक्कर दिएको थियो।

बसले देउसि खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्युु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।घाइते मध्धे १० जनालाई थप उपचारका लागि बुटवल पठाइएको डि एस्पि मल्लले बताएका छन्।