विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले बिना जानकारी जापान गएको भन्दै दवाव आएपछि राजीनामा दिने भएका छन् ।
अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उनी विवादमा तानिएका हुन। उनले मन्त्रालयमा राजीनामा दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको हो।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर, मन्त्री अधिकारी कसैलाई थाहै नदिइ कार्यक्रममा भाग लिन गत कात्तिक १३ मा जापान गएका थिए । उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा भाग लिन गएको बताएको छ । उनी १७ गते फर्किएका थिए ।




















