विराटनगर । नागरिकले मान्ने सबै संस्कृति र रीतिरिवाजको संरक्षण् भएमात्र आपसी सद्भाव र एकता मजबुद बन्न सक्ने विचार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले व्यक्त गर्नुभएको छ । 

आज छट पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै जारी गर्नु भएको विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले बुहभाषिक, बहुजातीय तथा बहुसाँस्कृतिक समाज रहेको मुलुकमा सबै संस्कृति संरक्षणको आवश्कता  ओैल्याउनु भएको छ ।  

 मुख्यमन्त्री कार्कीले भन्नुभएको छ ( ुसम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न छठ पर्वका माध्यमबाट प्रेरणा मिल्नेछ भन्ने अपेक्षा गरेको छु ।ु

अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरी मनाइने छठ पर्व  महत्वपूर्ण पर्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभएको छ,  ुहर्षोल्लासका साथ मनाइने यस पर्वले धर्म, संस्कृति एवम् रीतिरिवाजको संरक्षण तथा आपसी सद्भाव र एकतालाई अभिवृद्धि गरेको छ ।ु  

 सबै प्राणीहरुमा बिना भेदभाव समान शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा आरधना गर्दै छठ पर्व मनाइन्छ । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिन्छ ।