विराटनगर । कथाकार खेमराज पोखरेललाई विराटनगरमा सम्मान गरिएको छ। दाहाल प्रतिष्ठानको सभाहलमा नोबेल सकोस साहित्य संस्था विराटनगर शाखाको मासिक साहित्यक कार्यक्रम २८१!७!२३! गत्ते साहित्य सिर्जनामा अनवरत क्रियाशील पोखरेललाई नोबेल साकोस साहित्य संस्था विराटनगरले एक समारोह आयोजना गरी सम्मान गरेको हो ।

हरेक महिना तेस्रो शनिबार नियमित रुपमा आयोजना हुने काब्य गोष्ठीको अवसरमा कथाकार पोखरेललाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक समाजका अध्यक्ष बाबुराम पोखरेलले उनलाई सम्मान गरेका हुन् । त्यस क्रममा संस्थाका कोषाध्यक्ष ऋषि तिवारीले सम्मानित हुने स्रष्टाको परिचय गराएका थिए ।

नोबेल साकोस साहित्य संस्थाका अध्यक्ष मन्जु घिमिरे दाहालको अध्यक्षतामा आयोजना भएको काब्य गोष्ठीमा साहित्यकार प्रयाग न्यौपाने उमेश लुइँटेल सूर्यकुमार दाहाल , रोहिणि रसिक छवि वैरागी चुणामणि घिमिरे , भुपाल अधिकारी आँचल शर्मा, प्रज्ञा कट्टेल जयन्ता प्रधानाङ्ग लगायत ३६ जना साहित्यकारहरुले आ–आफ्ना रचनाहरु प्रस्तुत गरी कार्यक्रमस्थललाई साहित्यको माहोलमा रुपान्तरण गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा साहित्यकार हरिहर भण्डारी, झोराहाट नाटय समूहका अध्यक्ष भरत गुरागाईंलगायतका साहित्य अनुरागीहरु उपस्थित थिए । संस्थाकी सचिव सुजाता राईले सञ्चालन गरेको कार्यक्रममा साहित्यकारहरुले नियमित रुपमा कार्यक्रम आयोजना गरेर साहित्य क्षेत्रको विकासमा योगदान गरेको भन्दै प्रसंशासमेत गरेका थिए ।