विराटनगर।खोटाङ सामाजिक सेव मंचले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ।यो नाफामूलक सामाजिक संस्था हो। यस संस्थाको केन्द्रीय कार्यालय बिराटनगर -४ गोग्राहा चौक स्थित आफ्नै जग्गामा बनेको दुईतले सामुदायिक भवनमा रहेको सभाहमा साहित्य र सामाजिक कार्य गर्दै आएको हो।यस संस्थाले विगत दुई वर्षदेखि प्रत्येक महिनाको पहिलो शनिबार साहित्यिक गोष्ठी कार्यक्रम संचालन गरेर स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ संस्थाले अस्पतालमा ब्लड डोनेशनको लागि स्ट्याण्ड दिने , रक्तदान कार्यक्रम गरेर ब्लड बैकलाई उपलब्ध गराउने , विपदमा परेकालाई सकेको सगयोग गर्ने , संस्थाका सदस्यहरुको सुखदुःखमा सहभागी हुने लगायतका विभिन्न सामाजिक कार्य गर्दै आएको छ। स्थाले आगामी दिनमा विशेष कार्यक्रम गरेर अक्षयकोषको उचित प्रवन्ध गरी वार्षिक कार्ययोजना बनाएर थप सामाजिक गतिविधि गर्ने लक्ष्य लिएको हो। र स्रष्टा तारा बहादुर बुढाथोकीलाई सम्मान गरिएको छ।
सभापति श्री कृष्ण प्रसाद भण्डारी मार्सेली प्रमुख अतिथि आदरणीय श्री बलराम पोखरेल , उद्घोषक लक्ष्मी रायमाझी खड्काको रहेको थियो भने दर्जनौं स्रष्टाले रचना वाचन गरेका थिए।




















