काठमाडौ । बानेश्वर स्काई लेन्ड रेस्टुरेन्टको सभाहलमा ०८१/८/१ गते नारी स्रष्टा समाज सात वर्ष पुगेको उपलक्ष्यमा स्रष्टा पुरस्कार ,स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ, आजीवन सदस्यता वितरण कार्य सम्पन्न भयो । सोही कार्यक्रममा ११०००/ को कोशी लघुकथा स्रष्टा सम्मान तथा पुरस्कार सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशका अध्यक्ष ,लघुकथा समाज कोशीका कोषाध्यक्ष ,सिर्जनामा इनरुवाका सचीव रमेन्द्र कोइरालाले प्राप्त गर्नु भएको छ सो कार्यक्रममा रमेन्द्र कोइराला लगायत सात जनाले पुरस्कार पाउनुभएको थियो भने सुनसरीका शुक्रराज कुँवर,रोशन पराजुली सहित चौध जनाले सम्मान प्राप्त गर्नुभएको थियो । सो कार्यक्रममा उपस्थिति निम्न प्रकारको रहेको थियो ।

सभापति :ममता मृदुल
प्रमुख अतिथी :प्रा डा सावित्री कक्षपती
विशिष्ट अतिथि : लघुकथा समाजका संस्थापक अध्यक्ष
श्री ओम श्रेष्ठ रोदन, महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसका भु पू क्याम्पस प्रमुख प्रा डा गोबिन्दमान सिंह कार्की
पुरस्कृत व्यक्तित्वहरू : राजेश खनाल,मिलन समीर,रमेन्द्र कोइराला ,पार्वती भट्ट ,रमेश सुवेदी,कमला पराजुली,त्रिभुवन चन्द वाग्ले
सम्मानित व्यक्तित्वहरू : शुक्रराज कुँवर,रोशन पराजुली सुनिता निरौला पौडेल ,नवराज नवशिला,भानुप्रकाश जोशी,प्रभुकुमार बुढाथोकी ,भुवन थापा जङ्गम आदि चौध जना ।
अन्य : विक्रम भक्त जोशी दम्पती ,(पुरस्कार संस्थापक ) निर्मला बराल,बिन्दु ढकाल ,रन्जना पराजुली लम्साल आदि पचास भन्दा बढीको उपस्थिति रहेको थियो ।




















