काभ्रे । अक्षरमार्गले साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको शान्ता खण्डकाव्य एक कार्यक्रम बीच लोकार्पण भएको छ। पुस्तक लोकार्पण गर्दै वरिष्ठ साहित्यकार डा.

शैलेन्दुप्रकाश नेपालले शान्ता सुन्दर काव्य सिर्जना विचार व्यक्त गरेका थिए। साहित्यकार सूर्यप्रसाद लाकोजूले शान्ता खण्डकाव्य वर्तमान नेपाली समाजको प्रतिविम्ब भएको उल्लेख गरे भने काव्यकार गोपाल मण्डनेले वियोगान्त शान्ता खण्डकाव्यले हरेक कुराको समय आउने र कुसमयमा गरेको प्रेम पनि फलदायी नहुने भाव खण्डकाव्यले बोकेको धारणा राखे ।

कार्यक्रममा गीता रेग्मीले टिप्पणी गरिन ।नेपाली भाषा र साहित्यमा समर्पित अक्षरमार्गले नेपाली वाङमयका मूर्धन्य विद्वानहरूकाे सिर्जनाका साथसाथै नेपाली साहित्यमा भर्खर कलम चलाएका प्रतिभाहरूलाई समेत अगाडि ल्याउने, साहित्यमा अगाडि बढाउने काम गर्दै आएको छ।काभ्रे जिल्लाको मण्डन देउपुरमा जन्मेका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्। उनको यो खण्डकाव्यभित्र शान्ताको वियोगान्त कथा रहेको छ ।




















