परासी —उखु काट्ने समय भएकाले समर्थन मूल्य तत्कालै तोक्न पश्चिम नवलपरासीको किसानले माग राखेका छन् । केही किसानले उखु काट्न सुरु गरिसकेका छन्।भने धेरैजसोले समर्थन मूल्य पर्खेर  काटेका छैनन् ।

मूल्य तोक्न ढिलाइ हुँदा उखु काट्ने किसानले पुरानै मूल्यमा भेली उद्योग र चिनी उद्योगलाई उखु विक्री गरिरहेका छन् ।

हरेक वर्ष किसानले यही माग लिएर आन्दोलन समेत गर्नुपर्ने अवस्था आउँदापनि सरकारले समयमा नै मूल्य नतोक्दा समस्या बढेको बताउँ छन्।उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताए । ‘सरकारले उत्पादन लागतको आधारमा समर्थन मूल्य तोक्नु पर्दछ,’ उनले भने, ‘यो वर्ष कम्तीमा पनि प्रतिक्विन्टल ७ सय १० रुपैयाँ मूल्य तोक्नुपर्ने हाम्रो माग हो ।’