विराटनगर । कवि हरि कट्टेलले आफ्नो नयाँ कृति बजारमा लिएर आउने भएका छन् । नबिलौना’कविता संग्रह,को दोस्रो संस्करण लिएर उनी पाठकमाझ आउने तयारी गरेका हुन् ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान र छन्द वाटिका नेपालको आयोजनामा शनिबार विराटनगरस्थित राष्ट्रसेवक बचत तथा सहकारी संस्थाको सभाहलमा उक्त कृति सार्वजनिक गरिने भएको छ ।

IMG_20241120_200829

यो कृति उनको यसअघि पहिलो पटक २०४५ मा प्रकाशित भएको थियो । यसपटक त्यति बेलाका सहित थप कविताहरु संग्रह गरिएको सर्जक कट्टेलले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलका अनुसार कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा विराटनगर र आसपास क्षेत्रका साहित्य सर्जक, साहित्यप्रेमी एवं विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता हुने जनाएका छन्  ।

कट्टेलका यसअघि विभिन्न विधाका ७ वटा कृति प्रकाशित भइसकेका छन् । ‘अनावृत्त आकृति’, ‘आँखामा अल्झिएका आँखाहरु’, ‘मुटु टुक्रिएपछि’, काँडा टेकेर फूलका कुरा’, ‘माधवआनी’, ‘हिउँचुलीमा हिउँ’, ‘चन्द्रकान्ति’ यसअघि प्रकाशित सर्जकका कविता,, गजल र खण्डकाव्य छन् ।

नवौँ कृतिका रुपमा ‘दीप्तदृष्टि’ नामक छन्दोबद्ध कविता संग्रह प्रकाशनको तयारीमा छन् । हाल उक्त कृति छपाइका क्रममा रहेको कट्टेलले जानकारी दिएका हुन्  ।