विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्धको उद्घाटन खेल खेल्न विराटनगर किङ्सले आफ्नो प्रशिक्षण सुरु गरेको छ । 

सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगर किङ्सले बिहीबारदेखि विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा पहिलो चरणको प्रशिक्षण तयारी गरेको छ ।

पहिलो चरणमा विराटनगरले ट्यालेन्ट हन्टबाट छानिएका आइकोनिक खेलाडीहरूलाई समावेश गरेको जनाइएका छन् । आइकोनिक खेलाडीमा कमल खत्रीसहित ट्यालेन्ट हन्टबाटफिर्दोष अन्सारी र सुजन थपलिया छानिएका हुन् । 

प्रशिक्षण सकेर विराटनगर किङ्स मंसिर १२ मा काठमाडौंका लागि प्रस्थान गर्ने छन् । विराटनगरले मंसिर १५ मा प्रतियोगिताको उद्घाटन खेल जनकपुर बोल्ट्सस“ग खेल्दैछ ।