काठमाडौँ- महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ।
एमालेले शुक्रबार काठमाडौँकाे दरबारमार्गमा जागरणसभा आयाेजना गरेकाे थियाे। एमालेले जागरणसभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले जरिवाना गरेको हो।
शुक्रबार साँझ नै महानगरले एक सूचना जारी गर्दै फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनकारी दिएको छ।




















