~~~~~~~~~~~~
-लक्ष्मी जाेशी श्रेष्ठ
१.
अागाे र पिंडालुकाे अलिकति बिऊ चाहियाे सम्धी
छाेरी रुँदै माईती अलिकति निऊ चाहियाे सम्धी
फकाएर लग्याै घरमा,कत्ता लखेट्याै मेरी छाेरी,
खाेजी गर्यौ गरेनाै अलिकति जिऊ चाहियाे सम्धी।
२.
माया प्रेम कहिले पानी र अागाे हुन्छ
माया प्रेम कहिले सियाे र धागाे हुन्छ
मन मिलेमा हित,नमिलेमा हार र जित,
माया प्रेम कहिले बच्छ्युँ र खागाे हुन्छ।
३.
बेसारेकाे कुटिल चाल हासाे छ
अन्तै तिर सधैँ उसकाे रासाे छ
कति सम्झाउनु,बुझाउनु मैले,
घर छाडी पराईकाेमा बासाे छ।
४.
वचनकाे बाणले जत्ति हान्छाै हान तिमी
भनेकाे कुरा पनि जत्ति मान्छाै मान तिमी
चाहार्दै उमेर बितिसक्याे,बैँस जान लाग्याे,
पत्याएनाै तिमीले जत्ति छान्छाै छान तिमी।
विराटनगर,माेरङ्ग
९८४२०३२४८८




















