Messenger_creation_B0E45F9A-49FC-4EB6-B932-CFDE9A226E06


विराटनगर। कवि हरि कट्टेल को २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य  बिलौनै बिलौना को दोश्रो संस्करणको आज एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ । राष्ट्रसेवक ऋण तथा  बचत सहकारी संस्थाको हलमा भएको उक्त कार्यक्रममा कृतिको विमोचन  विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल,  प्राध्यापक कविराज न्यौपाने ,प्रा डा मेदिनी प्रसाद शर्मा  ,प्रा डा हरिहर भण्डारी ,महाकाव्यकार सोमराज अभय ,साहित्यकार बलराम पोखरेल लगायतले संयुक्त  रूपमा गरेका थिए । कृतिको समीक्षा गर्दै नेपाली लेखक संघकी केन्द्रीय सदस्य तथा साहित्यकार निर्मला कोइरालाले हरि कट्टेलको बिलौनै बिलौनै उनको १८ बर्ष भन्दा कम उमेरमै प्रकाशित छन्दोबद्ध  खण्डकाव्य भएको र   २०४५ सालको कलिलो उमेरमै छन्दमा सिद्दहस्त देखिएको कुरा गरिन् । उनले भनिन्  'त्यो बिलौनै बिलौना काव्यमा कट्टेलले अर्को कृति चन्द्र कान्ति तयार रहेको र  छिटै प्रकाशित हुँदैछ भनेर घोषणा गरको देखिन्छ यसो हुँदा यो बिलौनै बिलौनासँग  यसपटक जोडिएर प्रकाशन भएको चन्द्रकान्ति  कट्टेलको अझ जेठो कृति देखिन्छ । यसबाट हरि  कट्टेल बालबयमै  कवितामा विलक्षण प्रतिभाका धनी  देखिन्छन् ।उनका यहाँ रहेका गद्य पद्य कविताहरू परिपाका छन्  । ' कार्यक्रममा प्र‌मुख अतिथि कविराज न्यौपानेले पञ्चायतकालमा नै यस्ता  विद्रोही चेतका कविता लेख्ने कवि छन्दोकविताको पुराना र बलिया कवि भएको चर्चा गरे भने विवश पोखरेले कट्टेल छन्दमा मात्र नभएर गद्य कविताका पनि राम्रा कवि भएको चर्चा गरे। उनले भने " कट्टेल छन्द कविता निकै सङ्कटमा परेका बेला बिलौना काव्य लिएर देखा परेका पुराना र स्थापित  कवि हुन।" कार्यक्रममा अतिथिको आशनबाट बोल्दै बलराम पोखरेल प्रा डा मेदिनी शर्मा प्रा डा  हरिहर लगायतले पनि कट्टेल र उनको विमोचित काव्यको  चर्चा  र प्रशंसा गरे ।कार्यक्रम छन्दवाटिका नेपालका  सचिव चिरञ्जिवी काफ्लेले चलाएका थिए ।

यो कृति पूर्वाञ्चल साहित्य प्रकाशनले प्रकाशन गरी बजारमा ल्याएको कृति हो ।