रङ्गेली मोरङ रङ्गेलीमा रहेको सनसरीदेबिथान यसबेला कोशी प्रदेशकै चर्चीत धार्मिक स्थल बन्न गएको छ ।

आफ्ना आकांक्षाहरू भाकल गलेर देबिलाई बलि चडाउने भक्तहरूको ठूलै भिड लाग्ने गर्दछ।
बलिको प्रसादी मन्दिर सिमा बाहिर लान नहुने प्रचलनले प्रसाद ग्रहण गर्ने भक्तजनको
बाक्लो उपस्थित हुने गर्दछ।

हजारौं मानिसको बाक्लो उपस्थित भइरहने उक्त क्षेत्रमा फोहोर ब्यावस्थापन अत्यान्तै अब्याबस्थित देखिएको छ ।
फोहोर नालाहरूमा झिँगा, अब्याबस्थित सौचालय र दर्जनौं भुस्याहा कुकुरहरूले तनाव दिनेगरेको पुजा सहभागीहरूको भनाइ छ ।
बलि भाकलमा प्रसादि खान पुगेका शंकर थापाले बताए कुकुरले र फोहोरले मन्दिरको गरिमा घटाएको रहेछ।
पुजामा बलि चडाउन आएका बिराटनगरका घजेन्द्र कार्कीले भने कुकुर, फहोर सौचालय र झिँगाले गर्दा ठाउँ अवस्थित बनेको रहेछ ।
मन्दिर ब्यावस्थापन गरिरहेका मनोहर सिंहले भने , आफ्नो बुताले भक्तजनको सहयोगले यति गर्ने सकेका छौ ..अन्य हामीमा श्रोत छैन..
समस्या थाहा छ प्रयासरत छौं।
स्थानियहरूको गुनासो थियो नगर ,प्रदेश र केन्द्रीय सरकारको आंखा र मन नपर्दा हामी दुखी छौं।
भक्तजनहरूको ठूलै भिड लाग्ने धार्मिक आष्थाकेन्द्र सनसरी देविथान( रंगेली ) आदिकाल देखि बिलिपुजा गरिने आष्थाकेन्द्र मानिदै आएको छ ।
----'-----' सबिना




















