विराटनगर,मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका बलराम सरदार थारुलाई १हजार ६सय ३६मतले पराजित गर्दै माझी अध्यक्षमा निर्वाचित भएका थिए।माओवादी माझिले ६हजार ९सय६९मत ल्याएका हुन्।सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए।कांग्रेस थारु ५हजार ३सय ३३मत,नेकपा एमालेका उम्मेद्वार तुलसीराम विश्वासले ४हजार १सय ५९मत पाएका छन्।




















