विराटनगर ,विराटनगर महानगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा गहुको बीउ वितरण गरेको छ ।
कृषि शाखाका कृषि अधिकृत खगेश्वर तिम्सिनाका अनुसार १० हजार ५२६ किलो बीउ वितरण गरेको छ । सो बीउले ६० हेक्टर जमिनमा खेती गर्न सकिनेछ ।
महानगर क्षेत्रका २६२ घरधुरीलाई सो उन्नत जातको गहुँको बीउ वितरण गरिएको तिम्सिनाले जानकारी दिएका छन् ।
महानगर क्षेत्रभित्र १ हजार ३७५ खेतीयोग्य जमिन रहेकोमा २५० हेक्टर जमिनमा गहुँ खेती गर्ने गरिएको छ ।
यसअघि महानगरले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरेको थियो।




















