प्रा ज्ञ :विवश पोखरेल
विराटनगर,कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले ,२०८० सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार शिवशङ्कर थापालाई प्रदान गर्ने निर्णय गरेको छ । पाँच दशकदेखि नेपाली साहित्यको गीत विधामा दिएको योगदानका लागि थापालाई उक्त पुरस्कार दिइने निर्णय गरिएको हो । पुरस्कार राशि रु पचीस हजार रहेको छ । यस अघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराती, श्यामल, मन्जु काँचुली ,बम देवान, नारायण तिवारी ,गणेश रसिक , भागिरथी श्रेष्ठ ,विष्णुविभु घिमिरे , दिनेश अधिकारी र शैलेन्द्र साकार सम्मानित भइसक्नु भएको छ ।
यसै गरी २०८०सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान , कवि तथा गजलकार प्रेम ओझालाई र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि शुभलक्ष्मी लम्साललाई प्रदान गरिने भएको छ । नेपाली साहित्यको कविता र गजल विधामा दिएको योगदानका लागि ओझा र लम्साललाई उक्त पुरस्कार सम्मान प्रदान गरिने निर्णय गरिएको हो ।
यी पुरस्कारबाट यसअघि कविहरू कविराज पोखरेल, सुदीप पाखरिन, निमेष निखिल , डा. गीता त्रिपाठी, सगुन सुसारा ,डा सुधा एम राई, सगुन सुसारा ,विवश बलिभद्र कोइराला, रोशन परियार , उमेश लुइटेल पुरस्कृत भैसकेका छ्न् । सम्मान र पुरस्कारको राशि जनही क्रमशः पन्द्रह हजार र एघार हजार रुपैयाँ रहेको छ ।
प्रतिष्ठानका उपाध्यक्ष केशव आचार्यको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पुरस्कार सम्मान आगामी २०८१साल माघ २६ गते शनिबार विराटनगरमा समर्पण गरिने छ ।




















