

सिलिगुड़ी (भारत)को बङ्गाली साहित्य संस्था केयर अफ दार्जिलिङ (संवाद, साहित्य अऩि अनुसन्धनात्मक पत्रिका र सिलिगुड़ीले दोस्रो दार्जिलिङ लिटरोरा फेस्टिभल-2024 अन्तरराष्ट्रिय कार्यक्रममा ,शङ्खघोष न्यूज च्यानेल’ का निदेशक कृष्ण प्रधानलाई एकै पटक दुइ दुइवटा सम्मानले अलङ्करण गरेको छ।
भारतमा बसी शङ्घोषलाई मार्ग दर्शन गरिरहनु हने अऩ्तरराष्ट्रिय ख्यातिप्राप्त साहित्यकार कृष्ण प्रधानले बङ्ला साहित्यलाई पनि नेपाली साहित्यसित जोड़्ने काम गरेकोमा र नेपाली साहित्यमा अनवरत् योगदान पुऱ्याएको खण्डमा यी दुइ वटा सम्मान एकै खेपमा प्रदान गरिएको हो। यी दुइ दुइवटा सम्मानले श्री प्रधानको पुरस्कार तथा सम्मानको सङ्ख्या १७५ वटा पुगेको छ।




















