चाहे खोले भन चाहे कुँडो भन तिम्रो खुसी
चाहे गिन्नो भन चाहे मुडो भन तिम्रो खुसी
म प्रतिको सर्वाधिकार तिम्लाई सुम्पिय
चाहे प्रेमी भन चाहे बुडो भन तिम्रो खुसी !
मुक्तक-:२
मान्छेको मनमा लोभको रयाल देखेर घृणा लाग्छ
मान्छे हुँ भन्ने को घटिया ख्याल देखेर घृणा लाग्छ
ब्वासोको तनमा गाई को खोल कतिन्जे टिकोस
मान्छेको रूपमा निर्लज स्याल देखेर घृणा लाग्छ !
मुक्तक-:३
गाली लिएर आउन चाहे कुरा लिएर आउन
कैची लिएर आउन चाहे छुरा लिएर आउन
खुट्टा तान्ने तानि रहुँन विरोध बाण हानि रहुँन
लागे शक्ति गरून दुस्मनी पुरा लिएर आउन !
मुक्तक-:४
तिम्रो खातिर घाम बन्न सक्छु झरी बन्न सक्छु
तिम्रो खातिर सिकार बन्न सक्छु सिकारी बन्न सक्छु
तिमी ठाडो आदेश मात्र दिएर हेरन मेरी प्रिय
तिम्रो खातिर भीख बन्न सक्छु भिखारी बन्न सक्छु !
लब खड्का
बुढानिलकण्ठ हात्तिगाँडा काठमाडौ ६
जय भद्रकाली !




















