विराटनगर । इलाम सूर्योदय नगरपालिकाकी कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मंगलबार विराटनगरमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार इलामकी ४१ वर्षीया महिलाको नोबेल शिक्षण अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
उनलाई उपचारका लागि झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर सोमबार विराटनगरको नोबेलमा नोबेल शिक्षण अस्पतालमा ल्याइएको थियो ।
मंगलबार बिहान ६ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो।




















