विराटनगर।बनियानी (झापा) गत वैशाखयता जिल्लामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । गत वैशाखदेखि असार १३ गतेसम्म जिल्लामा ६१ जनामा डेङ्गी सङ्क्रमण देखा परेको छ ।
बिर्तामोड नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रम संयोजक ओम खड्काका अनुसार बिर्तामोडमा ५४, दमक नगरपालिकामा एक र गौराहद नगरपालिकामा छ सङ्क्रमित फेला परेका हुन् ।
बिर्तामोडमा डेङ्गी सङ्क्रमण उच्च देखिएको छ। उनले भने यहाँ अन्य जिल्लाबाट उपचारका लागि आउने बिरामीको परीक्षण गर्दा सङ्क्रमणदर उच्च देखिएको हो । जिल्लामा चालु आर्थिक वर्षको असार १३ गतेसम्म एक हजार दुई सय ९१ जना डेङ्गी सङ्क्रमित फेला परेको खड्काले बताए।




















