नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेल लाई महानगरले गर्यो स्वागत
- असार १७, २०८२
- ८६० पटक पढिएको
विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेल र वरिष्ठ कलाकार सुनिल पोखरेललाई महानगरपालिकाले स्वागत गरेको छ।
उनीहरूबीच भेटवार्तामा विराटनगरलाई सांगीतिक तथा नाट्य क्षेत्रमा अगाडि बढाउने विषयमा छलफल भएको जनाइएको छ। मेयर कोइरालाले सांस्कृतिक क्षेत्रको विकासका लागि महानगरपालिका प्रतिवद्ध रहेको बताउँदै कलाकारहरुको योगदानलाई सधैं सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरे
कुलपति पोखरेल र वरिष्ठ कलाकार पोखरेलले महानगरपालिकाको सहयोगमा विराटनगरमा नाटक र सांगीतिक गतिविधि विस्तार गर्ने योजना अघि बताएका छन्।




















